Section 12
भन्सार महसूल छुट हुने
(१) नेपाल सरकारले समय समयमा जारी हुने नेपाल कानुन बमोजिम देहायको मालसामानमा गोदाम भाडा, ढुवानी भाडा जस्ता सेवा महसूल बाहेक सबै भन्सार महसूल तथा सो सम्बन्धित कर र दस्तुर छुट दिनेछ ।
(क) नियोगको औपचारिक उपयोगमा आउने मालसामान, र
(ख) कुटनैतिक प्रतिनिधिको गृहस्थीको मालसामान तथा निजको परिवारको व्यक्तिगत उपयोगमा आउने मालसामान ।
(२) उपदफा (१) अन्तर्गत भन्सार महसूल छुट नहुने वा नेपाल कानुन बमोजिम निकासी पैठारी मनाही गरिएको वा कुनै निरोधा विनिमय (क्वारान्टीन) लागू हुने मालसामान भएको सम्झनु पर्ने गम्भिर कारणहरू नभई कुटनैतिक प्रतिनिधिको गुन्टा झिटी र अरु मालसामानको निरीक्षण वा खानतलासी गरिने छैन र गर्नु परेमा पनि कुटनैतिक प्रतिनिधि वा निजको प्रतिनिधिको उपस्थितिमा मात्र त्यस्तो निरीक्षण वा खानतलासी गर्न सकिनेछ ।